दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति?

May 24, 2023 04:42 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार युनाइटेड मोदी हाइड्रोपावर कम्पनी (UMHL) र छिमेक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडको ८ लाख ५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै छिमेक लघुवित्त वित्तीय संस्था (CBBL) को ५१ लाख १३ हजार ३० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको २२ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।