दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति?

May 24, 2023 04:42 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार युनाइटेड मोदी हाइड्रोपावर कम्पनी (UMHL) र छिमेक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडको ८ लाख ५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै छिमेक लघुवित्त वित्तीय संस्था (CBBL) को ५१ लाख १३ हजार ३० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको २२ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुबै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।