श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर संरचना परिमार्जन

May 24, 2023 04:59 PM Merolagani



श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड (SIFC) को शेयर संरचना परिमार्जन भएको छ । कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो ।

कम्पनीको संस्थापक समुहको २ लाख २७ हजार ७५०.५० कित्ता शेयर सर्वसाधारणमा परिमार्जन भएको हो । यससँगै कम्पनीमा संस्थापक समुहको ५१ प्रतिशत र सर्वसाधारण समुहको ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।

यस अघि कम्पनीमा संस्थापक समुहको ५२.३२ प्रतिशत र सर्वसाधारण समुहको ४६.६८ प्रतिशत शेयर स्वामित्व रहेको थियो ।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।