शेयर लगानीकर्ताले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवालाई भेटे, पुँजीगत लाभकर परिमार्जन गर्न जोड

May 25, 2023 01:50 PM Merolagani



पूँजी बजारका लगानीकर्ताका प्रतिनिधिहरुले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । बिहीबार देउवासँगको भेटमा लगानीकर्ताहरुले पुँजी बजार सुधारका लागि ६ बुँदे माग बुझाएका हुन ।

नेपाल इन्भेष्टर्स फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ र लगानीकर्ता संघ नेपालका प्रतिनिधिहरुले कांग्रेसका सभापति देउवालाई भेट गरेका हुन् ।

लगानीकार्ताहरुले खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रीक नीति मार्फत धितो कर्जामा लगाएको १२ करोड रुपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्याइएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशत कायम गर्नुपर्ने लगानीकर्ताहरुको जोड छ । 

यसैगरी लगानीकर्ताहरुले शेयर बजार सम्बन्धी पुँजीगत लाभकर परिमार्जन गर्न जोड दिएका छन् । अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकर व्यवस्था गर्न पनि उनीहरुले आग्रह गरेका छन् ।

बैंक ब्याजदरलाई पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन र तरलता समस्याको समाधान गर्ने व्यवस्था मिलाउनु पनि लगानीकर्ताहरुले देउवाको ध्यान आकर्षण गरेका छन् ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।