पर्यटन बोर्ड र एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम

May 25, 2023 06:41 PM Merolagani



नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि ३५ दिने ट्रेकिङ गाईड तालिम सम्पन्न भएको छ ।दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा उक्त तालिम काठमाडौंमा भएकाे हाे ।

तालिममा सातै प्रदेशका ८१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । तालीममा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित ट्रेकिङको सामान्य पर्यटन जानकारी, देशको भूगोल र भूगोल,वातावरण,नेपाली धर्मको इतिहास,अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण,पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमहरूका बारेमा प्रशिक्षण दिइएको थियो ।

पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न बोर्डले विभिन्न समयमा यस्ता तालिम आयोजना गरेको र त्यसैको निरन्तरता स्वरुप यो तालीम आयोजना गरिएको र तालीम फलदायी भएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनन्जय रेग्मीले जानकारी दिए । यसले रोजगारीको अवसर मिल्नुका साथै स्वरोजगार समेत सिर्जना गर्ने बोर्डको अपेक्षा रहको समेत उनले बताए । यस्तै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यवहारिक बनाउन शैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको र यसले तालिम थप प्रभावकारी भएको बताए । 

देशैभरीबाट सहभागिताको लागि आव्हान गरि तालिम सञ्चालन गर्न खोजिएकोमा तालिममा सहभागी हुन चाहनेहरूको संख्या धेरै भएपछि अन्तवार्ताको माध्यमबाट सहभागी छनोट गरिएकाे थियाे । जीविकोपार्जन पुनःउत्थानकालागि तालिम सम्पन्न गरिएको दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिए ।

तालिममा नेपाल पर्वतारोहण पथ प्रर्दशक संघका उपाध्यक्ष तथा अन्तरराष्ट्रिय प्रशिक्षक छिरिङ पाण्डे भोटे, एनएमएका प्रशिक्षक सञ्जय भट्टले ककनीमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए भने काठमाण्डौमा प्रतिष्ठान (एनएमए) का कार्यकारी निर्देशक अर्जुन राई सहित विभिन्न विधाका २० जना प्रशिक्षकले तालीम दिएका थिए । तालिमको शैद्धान्तिक कक्षा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (एनएमए)मा तथा व्यवहारिक कक्षा नुवाकोटको ककनीमा आयोजना गरिएको प्रतिष्ठानका (एनएमए) सूचना अधिकारी हिमाल पण्डितले जानकारी दिए । तालिमका सहभागीहरुले समेत तालीम व्यवहारिक भएको र यसले आफुहरुमा कम प्रतिको आत्मविश्वास बढाएको बताए ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।