पर्यटन विकास र पहिचानको लागि सम्पदाको संरक्षण आवश्यक रहेको सरोकारवालाको जोड

May 26, 2023 09:10 AM Merolagani



नेपालको पर्यटन विकास र पहिचानको लागि सम्पदाको संरक्षण आवश्यक रहेको सरोकारवालाको जोड दिएका छन्। उनीहरुले सम्पदाको संरक्षण र पुनःनिर्माणलाई अन्य क्षेत्रको विकास र संरक्षण भन्दा फरक ढंगले हेर्नु पर्ने बताएका छन्।

नेपाल सम्पदा संघले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनीहरुले नेपाल सम्पदाहरुको देश र काठमाण्डौ उपत्यका सम्पदा नै सम्पदाले भरिएको स्थान भएकोले यसको पहिचान जोगाउन सबैले उचित ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु मर्हजनले उपत्यकामा रहेका मूर्त, अमूर्त तथा प्राकृतिक सम्पदाहरुको संरक्षण आवश्यक भएको बताए। पछिल्लो समय सम्पदाहरु बिग्रिदै गएकोमा चिन्ता व्यक्त गर्दै मेयर मर्हजनले देशको पहिचान र समृद्धिका लागि सम्पदा संरक्षणमा सबै लाग्नु पर्ने बताए। ‘सम्पदाको विषय अन्य विकासको अवधारणा भन्दा फरक विषय हो। यसको लागि संघीय, प्रादेशिक र स्थानीय तीनै तहको सरकारले सोही अनुरुप सोच्न आवश्यक छ। यदि त्यसो गरिएन भने सम्पदा नाश हुने सम्भावना रहन्छ,’ उनले भने।

यस्तै नेपाल सम्पदा संघका अध्यक्ष तथा वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले सम्पदा संरक्षणको लागि सबैको सामुहिक पहल र प्रतिवद्दता आवश्यक रहेको बताए। सम्पदाहरु मावन समाजको साझा सम्पत्ती भएको उल्लेख गर्दै उनले पूर्खाले छोडेर गएका सम्पदारुपी नासोलाई संरक्षण गरि भावी सन्ततीलाई हस्तान्तरण गर्नु पर्ने बताएका थिए। ‘नेपालको आर्थिक विकासको लागि पर्यटनको विकास आवश्यक छ। पर्यटनको विकासको लागि सम्पदा संरक्षणको झन ठलो महत्व छ। त्यसैले नेपालको पर्यटनको लागि सबैले मिलेर नेपालका सम्पदाको संरक्षणमा लाग्न जरुरी छ,’ उनले भने।

यस्तै नेपाल सम्पदा संघका उपाध्यक्ष धर्मराज शाक्यले सम्पदा संघले विश्व सम्पदा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिँदै सम्पदा संरक्षणको लागि जनचेतना आवश्यक भएको बताए। कार्यक्रमका अवसरमा सम्पदा संरक्षणको लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको संघका महासचिव प्रकाश दर्नालले जानकारी दिए। संघले विश्व सम्पदा दिवस २०२३ का अवसरमा २०२३ को अप्रिल १८ तारिखमा विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा काठमाडौँमा विविध कार्यक्रम आयोजना गरेको संघका सदस्य विजय प्रधानले जानकारी दिए।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।