प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको रिलायवल लाइफले साधारण सभा बोलायो, यस्ता छन् एजेण्डा

May 26, 2023 11:23 AM Merolagani



प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले छैटौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असार १ गते शुक्रबार बिहान ११ बजे, लिसरा व्यांकेट ज्ञानेश्वर, काठमाडौंमा सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव, इक्यूटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण सहितको अनुसूचिहरु उपर छलफल गरी पारित गर्नेछ ।

यस्तै आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

रिलायवल नेपाल लाइफले पनि प्रिमियममा आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १२० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २२० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न अनुमाति मागेको हो ।

कम्पनीले प्रति कित्ता २२० रुपैयाँका दरले २ अर्ब ५४ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब पुग्नेछ ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।