प्रि ओपन सेसन अपडेटः करिब २ अंक बढ्यो नेप्से

May 28, 2023 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बुधबार १६.४९ अंक बढेर १९५९.१२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८३ अंक बढेर १९६०.९५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२४ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १२ स्टकको ३ लाख ८० हजार ८६० रुपैयाँ बराबरको १ हजार ३११ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।