चेन्नाई सुपर किङ्गस पाँचौ पटक आईपीएल उपाधि विजेता

May 30, 2023 10:41 AM Merolagani



भारतको क्रिकेट लिग आईपीएल २०२३ को उपाधि चेन्नाइ सुपर किङ्गसले जितेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा चेन्नाई सुपर किङ्गसले गुजरात टाइनान्सलाई ५ विकेटले पराजित गर्दै सो उपाधि जितेको हो।

२५ बलमा ४७ रन बनाएका डेवोन कन्वे प्लेयर अफ द म्याच घोषित भए।

चेन्नाईलाई अन्तिम दुई बरमा १० रनको आवश्यकता थियो। रविन्द्र जडेजाले पाँचौ बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गरेर चेन्नाईलाई पाँचौ पटक आईपीएल जिताएका हुन्। चेन्नाईले यसअघि सन् २०१०, २०११, २०१८ र २०२१ मा आईपीएल उपाधि जितेको थियो।

टस हारेर पहिला ब्याटिङ्ग गरेको गुजरात टाइटान्सले २० ओभरमा चार विकेट गुमाएर २१४ रन बनाएको थियो। वर्षाका कारण चेन्नाईले १५ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो। चेन्नाईले ५ विकेट गुमाएर १५ ओभरको अन्तिम बलमा सो लक्ष्य प्राप्त गरेको हो।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।