कृषि बीमा अनुदानका लागि बजेट बढे पनि ८० प्रतिशत अनुदानमा भने आशंका

May 30, 2023 12:49 PM Merolagani



सरकारले आगमी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कृषि बीमाको अनुदानमा अन्यौल सिर्जना गरेको छ । कृषि बीमामा उपलब्ध गराउदै आएको अनुदान प्रतिशतलाई हटाएर सकारले अन्यौल सिर्जना गरेको हो ।

चालु आर्थिक वर्षको बजेटले कृषि तथा पशुपन्छी बीमा कुल बीमाशुल्कमा ८० प्रतिशत अनुदान दिदै आएको छ । तर आगामी आर्थिक वर्षको बजेटमा भने सरकारले उक्त व्यवस्थालाई हटाउदै अनुदान प्रतिशत उल्लेख गरेको छैन् ।

सरकारले आगामी आर्थिक वर्ष २ लाख भन्दा बढी किसानको बाली तथा पशुधन बीमाको प्रिमियम उपलब्ध गराउन ९५ करोड रुपैयाँ विनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा १९ करोड रुपैयाँले बढी हो । चालु आर्थिक वर्षमा सरकारले ७६ करोड रुपैयाँ कृषि बीमा अनुदानको लागि विनियोज गरेको थियो ।

कृषि बीमामा अर्कषण बढी रहेको अवस्थामा हालको बजेटले ८० प्रतिशत अुनदान प्रदान गर्न नसकिने बीमा प्राधिकरणले जनाएको छ । कृषि बीमामा अकर्षण बढ्दैछ । बजेटले २ लाख भन्दा बढीलाई मात्रै अनुदान दिने घोषणा गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, 'यस्तो अवस्थामा ९५ करोड रुपैयाँ बजेटबाट किसानहरुलाई ८० प्रतिशत अनुदानमा उपलब्ध गराउन नसकिने देखिन्छ ।'

प्राधिकरणले कार्यविधि बनाएर कृषि बीमा अनुदान सम्बन्धीको व्यवस्थालाई थप प्रष्ट पारिने कार्यकारी निर्देशक पौडलेको भनाई छ ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।