शेयर लगानीकर्ताका दुई प्रमुख प्रश्नमा आन्तरिक राजस्व विभागका महानिर्देशक मैनालीकाे जवाफ

May 30, 2023 06:48 PM MEROLAGANI



आर्थिक बर्ष २०८०/८१ काे बजेटमा उल्लेखित शेयर बजारमा लाग्ने करहरूकाे बिषयमा लगानीकर्ता अन्याैलामा परेका छन् । यही अन्याैलका कारण मंगलवारकाे नेप्से  सूचक ५० अंक बढीले घटेकाे छ । अर्थमन्त्री डा‍. प्रकाशशरण महतले लगानीकर्ताले कुराे नबुझेर हतास भएकाे टिप्पणी गरेका छन् ।

याे बिषयलाई बजेटमा राख्ने प्रमुख भूमिकामा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले लगानीकर्ताहरूलाई याे बिषयमा अन्तरकृया गरी बुझाउँदै लगिने बताएका छन् । मेराेलगानीले लगानीकर्ताबाट आएका प्रमुख दुई प्रश्नलाई मैनालीसमक्ष राखेकाे छ ।
 
१.अल्पकालीनलाई ७.५ र दीर्घकालीनलाई ५ प्रतिशत अग्रिम पूँजीगत लाभकर अन्तिम कर हो कि हैन ?
 
मैनाली: यो त पहिलेदखि नै बिजनेशको रुपमा गर्नेलाई हिजो पनि होइन र आज पनि होइन। जसले आय बिबरण बुझाउँदै आएका छन्। उनीहरुले नाफा भएकोमा तिर्नु पर्छ भने घाटा भएको खण्डमा सार्दै लान पाउछन्। त्यसमा पनि जसले बुझाउन चाहन्छ, उसको लागि मात्रै हो। यसमा करकाप गर्ने कुरा छैन। यो स्वेच्छिक हो। बुझाउन नचाहनेले नबुझाउन पनि सक्छ। जसलाई बुझाउदा फाइदा हुन्छ भन्ने लाग्छ, उसले बुझाए हुन्छ। जसलाई लाग्दैन उसले नबुझाए पनि हुन्छ। यो स्वेच्छिक हो। यो बाध्यत्मक होइन।

 
२. बुँदा नम्बर २९ के हो ? लाभकर तिरेर कतिसम्म कमाएमा थप कर तिर्नु पर्दैन र कति भन्दा माथि कति कर तिर्नु पर्छ ? 
 
मैनाली : त्यो नर्मल बिजनेशको रुपमा फाइदा भयो भने तिर्नु पर्छ। घाटा भए सार्दै लान पाइन्छ। टिडिएसको रुपमा तिरेको पैसा फिर्ता पाउछ। ६ लाखसम्म कमाएकोमा पारिवारिक रुपमा तिर्नु पर्दैन। त्यस भन्दा माथि फाइदा भए तिर्नु पर्छ। अहिलेको नयाँ व्यवस्था अनुसार लाग्ने करमा ५० प्रतिशत त छुट नै दिएको छ।
 
 
 
 
 

 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।