सिंगटी हाइड्रोले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

May 31, 2023 10:39 AM Merolagani



सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न घोषणा गरेको हो।

जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निकषशन गर्ने निर्णय गरेको हो। कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ।

नियमनकारी निकायबाट सहमति प्राप्त भएपश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।