एशियन लाइफका बीमितले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशतसम्म छुट पाउने

May 31, 2023 11:55 AM Merolagani



एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले व्यतित बीमालेखमा शत प्रतिशतसम्म विलम्ब शुल्क छुट दिने भएको छ । कम्पनीका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म विलम्ब शुल्क(ब्याज)छुट पाउने भएका हुन् ।

कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका करण २०७८ जेठ १६ गतेसम्म व्यतित भएका बीमालेखहरु २०८० जेठ १७ गते देखि असार २५ गते भित्र पुर्नजगरण गराउने बीमितहरुलाई लाग्ने व्याजमा छुट प्रदान गर्ने जनाएको हो ।

कम्पनीले जेठ १७ गतेबाट परिपक्व अवधि २ वर्षदेखि ५ वर्षभन्दा कमको बीमालेखमा २५ प्रतिशत, ५ वर्ष देखि १० वर्ष भन्दा कमको बीमालेखमा ५० प्रतिशत र १० वर्ष देखि माथि परिपक्व अवधि रहेका बीमालेखहरुमा शत प्रतिशत विलम्ब शुल्कमा छुट प्रदान गर्नेछ ।

कम्पनीले विलम्ब शुल्क(ब्याज) छुट बीमा अवधिभरि एक पटक मात्र पाईने जनाएको छ । यस सम्बन्धी अन्य जानकारी लिनु परेमा कमपनीको शाखा/उपशाखा तथा अभिकर्तासँग सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।