एशियन लाइफका बीमितले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशतसम्म छुट पाउने

May 31, 2023 11:55 AM Merolagani



एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले व्यतित बीमालेखमा शत प्रतिशतसम्म विलम्ब शुल्क छुट दिने भएको छ । कम्पनीका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म विलम्ब शुल्क(ब्याज)छुट पाउने भएका हुन् ।

कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका करण २०७८ जेठ १६ गतेसम्म व्यतित भएका बीमालेखहरु २०८० जेठ १७ गते देखि असार २५ गते भित्र पुर्नजगरण गराउने बीमितहरुलाई लाग्ने व्याजमा छुट प्रदान गर्ने जनाएको हो ।

कम्पनीले जेठ १७ गतेबाट परिपक्व अवधि २ वर्षदेखि ५ वर्षभन्दा कमको बीमालेखमा २५ प्रतिशत, ५ वर्ष देखि १० वर्ष भन्दा कमको बीमालेखमा ५० प्रतिशत र १० वर्ष देखि माथि परिपक्व अवधि रहेका बीमालेखहरुमा शत प्रतिशत विलम्ब शुल्कमा छुट प्रदान गर्नेछ ।

कम्पनीले विलम्ब शुल्क(ब्याज) छुट बीमा अवधिभरि एक पटक मात्र पाईने जनाएको छ । यस सम्बन्धी अन्य जानकारी लिनु परेमा कमपनीको शाखा/उपशाखा तथा अभिकर्तासँग सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।