सेयर लगानीकर्ताले भोलि आन्दोलन घोषणा गर्ने

May 31, 2023 04:46 PM MEROLAGANI



नयाँ बजेटमा पूँजी बजारलाई नकारात्मक असर पार्ने गरी करसम्बन्धी ब्यवस्था गरिएको बिरोधमा भोलि सेयर लगानीकर्ताहरुले आन्दोलन घोषणा गर्ने भएका छन् ।

सेयर लगानीकर्ताहरुका अगुवा नेता तिलक कोइरालाले फेसबुक पोष्ट मार्फत आन्दोलनको तयारी गर्न भोलि विहान १० बजे कमलपोखरीमा लगानीकर्ताहरुको भेला आब्हान गरेका छन् ।

सो भेलामार्फत आन्दोलनको स्वरुप र कार्यक्रम घोषणा गरिने जनाईएको छ । सेयर बजारमा लगाईँदै आएको पूँजीगत लाभकरलाई आयकर ऐनको आय सिमासँग जोडेर बार्षिक आयको ३९ प्रतिशतसम्म कर असुल्ने गरी सरकारले नयाँ बजेट ल्याएपछि लगानीकर्ताहरु आन्दोलनको तयारीमा जुटेका हुन् ।

कोइराला तीन पटकसम्म आमरण अनशन गरी पूँजी बजार सुधार तथा बिस्तारको अगुवााई गरेका लगानीकर्ता हुन् ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।