लगानीकर्ताले तिरेको ५ र साढे ७ प्रतिशत नै अन्तिम कर हो : महानिर्देशक मैनाली

May 31, 2023 07:09 PM MeroLagani

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले हाल लगानीकर्ताले शेयर काराेबारमा तिरिरहेको अल्पकालमा साढे ७ प्रतिशत र दीर्घकालमा ५ प्रतिशत कर नै अन्तिम कर भएको बताएका छन् । नेपाल इन्भेष्टर फोरमका पदाधिकारसँगको भेटमा महानिर्देशक मैनालीले लगानीकर्ताले अहिले तिरेको अल्पकालीन र दीर्घकालीन लाभ कर नै अन्तिम कर भएको बताएको फोरमका अध्यक्ष तुलसीराम ढकालले मैनालीसँगको भनाई उदघृत गर्दै बताए ।

लगानीकर्ताहरुले शेयर कारोबारको लाभमा कर तिरे पनि पछि फेरि आय कर ऐनको स्लाब अनुसार कर तिर्नुपर्ने आँकलनका कारण बजार घटेको जानकारी गराएका थिए । बजेट लगत्तै भएको २ कारोबार दिनमा शेयर बजार झन्डै १ सय अंकले घटिसकेको छ । लगानीकर्ताले शेयर बजारबाट गरेको आम्दानीमा पुनः आयकर ऐन अनुसार अधिकतम ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने बुझाइसँगै शेयर बजार घटेको थियो ।

लगानीकर्ताको कुरा ध्यानपूर्वक सुनेपछि महानिर्देशक मैनालीले पटक पटक दोहोर्याएर लगानीकर्ताको बुझाई गलत भएको बताएका थिए । ‘तपाइहरु नाफामा मात्र कर तिर्ने होइन घाटा पनि बुक गर्नुस् भन्नुभयो । त्यसबीचमा व्याज लगायतका कुनै खर्च भएको छ भने त्यो खर्च पनि लेख्नुहोस्। । तपाईहरुले अहिलेसम्म गलत बुझ्नुभएको छ भन्नुभयो’–महानिर्देशक मैनालीको भनाई सापटी लिंदै फोरामका अध्यक्ष ढकालले बताए । ३ वर्ष अगाडि देखि कर तिर्नुपर्ने प्रसंग बजेटमा आएको सवालमा भने कुनै कर छुट भएको भए मात्रै कर तिर्न आग्रह गरिएको उनले अगाडि बताए ।

आयकर ऐन २०५८ उल्लेख गरेर व्यक्तिलाई पनि कर तिर्न उर्दी जारी गरेको प्रसंगमा भने शेयर कारोबारबाट आर्जित सम्पत्तिको अन्तिम कर नै अल्पकालको लागि साढे ७ प्रतिशत र दीर्घकालको लागि ५ प्रतिशत हो भनेर समेत स्पष्ट पारेको उनले बताए । लगानीकर्ताको दुविधा नै अहिले तिरेको लाभकर अन्तिम हो वा होइन भएको स्मरण गराउँदा पनि मैनालीले अन्तिम कर नै भएको पटक पटक दोहोर्याएर भनेको मेरो लगानीलाई फोरमका अध्यक्ष ढकालले भने । लगानीकर्ताले पुँजीगत लाभ कर बापत् तिरेको कर नै अन्तिम कर भएको लिखित रुपमा दिन आग्रह गर्दा भने महानिर्देशक मैनालीले सरोकारवाला मन्त्रालयसँगको समन्वयमा सार्वजनिक रुपमा जानकारी गराइने बताएका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।