मर्जर पश्चात आइजीआई प्रुडेन्सियलको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

Jun 01, 2023 03:39 PM Merolagani



साविकको आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्जर पश्चात कायम भएको शेयर नेप्सेमा सूचीकृत भएको छ । आइजीआई प्रुडेन्सियल  इन्स्याेरेन्स (IGI) को नाममा साविक दुबै कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बिहीबार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ करोड २ लाख ९३ हजार ३४७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच मर्जर पश्चात १ः१ को अनुपातमा कायम हुन आएको सो शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले ३७० रुपैयाँ ८२ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । सोहि आधारमा आइतबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ । कम्पनीको शेयरलाई नेप्सेले आईजीआई कारोबार संकेत प्रदान गरेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।