प्रधानमन्त्री प्रचण्ड,रवि लामिछानेपछि बालेन पनि भारततर्फ

Jun 01, 2023 08:12 PM Merolagani

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत लागेका छन् । बिहीबार बालेन आफ्नी पत्नी सविना काफ्लेसँग भारत गएका हुन् । शाहले उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर भारत गएको बताइएको छ ।

आफू कामको सिलसिलामा जेठ १८ गतेदेखि काठमाडौं बाहिर जानुपर्ने भएकोले फर्कि नआएसम्मकालागि कार्यवाहक प्रमुख भएर काम गर्न बालेनले सूचना जारी गरेका छन् । यद्यपी भारत जानुको ठोस कारणबारे भने उनले खुलाएका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला भारत भ्रमणमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टिका रवि लामिछाने पनि पत्नी निकिता पौडेलकासाथमा भारत लागेका छन् । निजी कामले मुम्बईमा रहेकाे रविले फेसबुकमा स्टाटस लेख्दै बताएका थिए ।

यिनै खबरबीच काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र शाहको भारत भ्रमणलाई लिएर यतिबेला अनेकौं अड्कलबाजी गरिएको छ ।

 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।