समीट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Jun 04, 2023 09:10 AM Merolagani



जेठ २१ गते, आइतबार, समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (SMFDB) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात जेठ २२ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले असार ३ गते, आइतबार, अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान सो १० बजे शुरु हुनेछ।

सभाले १३.५६२७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ३५ लाख २६ हजार ३१५ रुपैयाँ ७९ पैसा नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता साधारण शेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृती लिई एफपीओ निष्काशन गर्ने नेशनल माइक्रोफाइनान्सको १ कित्ता शेयर बराबर समीट लघुवित्तको ०.७३ कित्ता शेयर आदान प्रदान अनुपातमा मर्ज हुने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।