बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल ¥यालीमा सहभागीहरुलाई वातावरण संरक्षणमा सर्वसाधारणको दायित्व विषयमा संवोधन गरिए पश्चात साईकल -यालीको शुरुवात गरिएको थियो ।
बैंकको केन्द्रिय कार्यालय बालुवाटारको प्राङ्गण -यालीबाट सुरु भई गैरीधारा, नारायणचौर, नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबार मार्ग, कृष्ण पाउरोटी, सिटि सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो । उक्त साइकल -यालीमा बैंकका कर्मचारी, गाहक, शेयरधनी, प्रायोजक गरी लगभग ४०० भन्दा बढीको उपस्थिती रहेको थियो ।
यस साइकल -यालीबाट सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु-याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । बातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “Save Fuel Save Earth” भन्ने नारा लिएर बैंक अगाडि बढेकोले यस्ता किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिंदै जानेछ ।

सो -यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिर्सट र चिनो स्वरुप एक एक वटा विरुवा प्रदान गरिएको थियो । साथै एक साईकल -यालीमा सहभागी भएका राधा कृष्ण श्रेष्ठलाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल प्रदान गरिएको थियो ।
“इन्धन जोगाऔं ,पृथ्वी बचाउौं” भन्ने नाराका साथ वातावरण दिवसको अवसरमा आयोजना गरिएको यस साईकल -यालिमा सम्पूर्ण व्यक्तित्वहरुको उत्साहपूर्वक सहभागीता रहेको थियो ।