बजेटमा कर घटेपछि हुन्डाई आयोनिक फाइभको मूल्य १४ लाख रुपैयाँले घट्यो, यी गाडीको घट्यो मूल्य

Jun 04, 2023 12:20 PM Merolagani



आगामी आर्थिक बर्षको बजेट मार्फत सयदेखि दुई सय किलोवाट मोटर जडित गाडीको कर घटेपछि कम्पनीहरुले विद्युतीय गाडीको मूल्य घटाएका छन् । गत जेठ १५ गते अर्थमन्त्री डा प्रकाशशरण महतले लग्जरी इभि गाडीमा कर घटाएपछि हुन्डाई आयोनिकको मुल्य भारी मात्रामा घटेको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले ५० किलोवाट मोटर क्षमता भएका विद्युतीय गाडीमा १० प्रतिशत मात्रै भन्सार लगाएका थिए ।

 

त्यस्तै ५० देखि सय किलोवाट मोटर क्षमताका गाडीमा १५ प्रतिशत भन्सार,१० प्रतिशत अन्तशुल्क,१०० देखि २०० किलोवाट मोटर क्षमताका गाडीलाई २०/२० प्रतिशत भन्सार र अन्तशुल्क कायम गरेको छ । यस अघि सयदेखि २०० क्षमताका गाडीमा ३० प्रतिशत अन्तशुल्क लगाइएको थियो ।

त्यस्तै २०० देखि ३०० किलोवाटसम्मका गाडीलाई ४० प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तशुल्क लगाएको छ । ३०० किलोवाट माथिका गाडी आयातमा ६०/६० प्रतिशत भन्सार र अन्तशुल्क कायम गरिएको छ ।

बजेटमा कर घटेपछि लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले हुन्डाईले आयोनिक फाइभको मूल्य १४ लाख रुपैयाँले घटाएको छ ।

यस अघि हुन्डाईले आयोनीक ५ काे मूल्य १ करोड १६ लाख ९६ हजार तोकिएको थियो । बजेटमा कर घटेपछि हाल मूल्य १ करोड २ लाख ९६ हजार तोकिएको छ ।

हुन्डाई आयोनिक लग्जरी  गाडी हो । १२५ किलोवाट क्षमताको मोटर क्षमताको यो गाडीमा ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जरले १८ मिनेटमा नै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

५८ किलोवाट आवरको ब्याट्री दिएको छ । यो गाडी नेपाली बजारमा आउँदा ८१ लाख मुल्य तोकिएको थियो ।तर, तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले ठूला सेग्मेन्टका विद्युतीय गाडीमा कर बढाएपछि आयोनिक फाइभसहित सय किलोवाट माथिका गाडीको मूल्य बढाएको थियो ।

हुन्डाइसहित बिवाईडी एटो थ्रि १५० किलोवाट,एमजी जेटएस इभि,किया लगाएतका विद्युतीय गाडीको मूल्य १० देखि १५ लाखसम्म मुल्य घटाएका छन् ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।