निर्जीवन बीमाको आधा भन्दा बढी हिस्सा मोटर र सम्पत्ति बीमाको कब्जामा

Jun 05, 2023 01:29 PM Merolagani



निर्जीवन बीमा कम्पनीहरुको ५० प्रतिशत भन्दा धेरै व्यवसाय मोटर र सम्पत्ति बीमाले धानेको पाइएको छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको बैशाखसम्ममा मोटर र सम्पत्ति बीमाले निर्जीवन बीमा कम्पनीहरुको ५५.५७ प्रतिशत व्यवसाय ओगटेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमाबाट सबै भन्दा धेरै १४ लाख ८७ हजार ३२२ वटा बीमालेख जारी गरी १० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ३३.४६ प्रतिशत हो ।

यस्तै सम्पत्ति बीमा वापत ४ लाख २ हजार ५७२ वटा बीमालेख बिक्री गरी निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब २२ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो कुल बीमाशुल्कको २२.११ प्रतिशत हुन आउँछ ।

सम्पत्ति बीमा पछि इन्जिनियरिङ्ग बीमाको १७.३७ प्रतिशत योगदान रहेको छ । यस अवधिमा इन्जिनियरिङ्ग बीमा वापत निर्जीवन बीमा कम्पनीहरुले २५ हजार ७१३ वटा बीमालेख जारी गरी ५ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यसैगरी विविध बीमाको १०.७० प्रतिशत, कृषि तथा पशुपन्छि बीमाको ६.१४ प्रतिशत, सामुन्द्रिक बीमाको ५.१२ प्रतिशत र हवाई बीमाको २.५३ प्रतिशत योगदान रहेकाे छ।

कुल बीमाशुल्कमा लघु बीमाको भने सबै भन्दा अर्थात ०.१९ प्रतिशत मात्रै योगदान रहेको छ । निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा ३३ हजार ४८२ वटा बीमालेख बिक्री गरी ६ करोड १८ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेका छन् ।

बागमती प्रदेशबाट मात्रै ६६.२७ प्रतिशत बीमाशुल्क संकलन

चालु आर्थिक वर्षको बैशाखसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । त्यस मध्ये झण्डै दुई तिहाई अर्थात २१ अर्ब ६६ करोड २७ लाख रुपैयाँ बीमाशुल्क बागमती प्रदेशबाट मात्रै संकलन भएको छ ।

बागमती प्रदेशपछि कुल बीमाशुल्कमा लुम्बिनी प्रदेशको ९.११ प्रतिशत अर्थात २ अर्ब ९७ करोड ७० लाख रुपैयाँ योगदान रहेको छ । यस्तै कुल बीमा शुल्क कोशी प्रदेशको ८.८० प्रतिशत, मधेश प्रदेशको ६.२२ प्रतिशत, गण्डकी प्रदेशको ५.५९ प्रतिशत र सूदुरपश्चिम प्रदेशको २.५७ प्रतिशत योगदान रहेको छ ।

सबै भन्दा कमभने कर्णाली प्रशेदको योगदान रहेको छ । यस अवधिमा कर्णाली प्रदेशबाट ५१ ह्जार ९८४ वटा बीमालेख बिक्री गरी ४६ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १.४४ प्रतिशत मात्रै हो ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।