बैंकहरुको खुद मुनाफा गत वर्षकै 'लेभल' मा हुन्छ होला, लाभांश पनि गत वर्षकै हाराहारीमा देलान जस्तो छ

Jun 20, 2023 10:02 AM Merolagani

भुवन दाहाल

बैंकका साथीहरुसँग कुरा गर्दा यसपाली बै‌ंककाे निष्कृर्य कर्जा बढेको छ । निष्कृर्य कर्जा घटाउन प्रयास गरिरहेका छौं भनेर बै‌ंकका साथीहरुले भन्नु भएकाे छ  । तर, निष्कृर्य कर्जा कतिको घटाउन सकिन्छ भनेर  बै‌ंकका साथीहरु चिन्तित हुनुहुन्छ ।

अहिले ब्याजदर अन्तर हेर्ने हो भने राष्ट्र बैंकबाट पाउने 'लिमिट' ४.४, ४.२, ४ प्रतिशत छ । त्यसैमा चलिरहनु भएको छ ।

बैंकहरुलाई त्यसमा समस्या छैन् । बैंकहरुको मुख्य समस्या भनेको निष्कृर्य कर्जा बढेर ब्याज नै नउठने जोखिम पनि छ ।

अर्कोतिर आर्थिक गतिविधि चलायमान नहुन्जेलसम्म सावाँमा पनि समस्या आउन सक्छ । बैंकका साथीहरुसँग कुराकानी गर्दा निष्कृर्य कर्जाकै समस्या रहेको बताउने गरेका छन् ।

निष्कृर्य कर्जा बढेका कारणले 'लोन लस प्रोभिजन' का कारणले बैंकहरु डराइरहेका छन् । यसले बैंकहरुको खुद मुनाफामा असर पर्ने देखिन्छ ।

यसले लोन लस प्रोभिजन अगाडिको नाफामा त असर गरेन । तर,खुद नाफामा निष्कृर्य कर्जाले एकदम नै असर गर्छ ।

मैले सबै बैंकका साथीहरुसँग त कुरा गरेको छैन् । २-४ वटा बैंकका साथीसँग कुरा गर्दा त उहाँहरुले गत वर्ष भन्दा नाफा बढ्दैन् ।

गत आर्थिक वर्षकै लेभलमै बैंकको नाफा हुन्छ कि अलिकति घट्छ कि पनि भन्ने कुरा गर्दै हुनुहुन्छ ।

यसमा यस्तो छ, कर्जा प्रवाह अलिकति भएर निष्कृर्य कर्जा घटाउन सहयोग हुन्छ कि भनेर बैशाख र जेठमा आशा गरेका थियौं । बैंशाख र जेठमा पनि खासै कर्जा प्रवाह भएन ।

अब असारमा त प्राय हेर्ने हो भने कर्जा धेरै बढ्दैन् । पहिलादेखि नै असारमा बैंकहरुले रिकोभरीमा फोकस गर्ने गर्छन् ।

निष्कृर्य कर्जा बढेकोले त्यसलाई घटाउन बैंकका साथीहरु कस्सिनु भएको छ । अहिले निष्कृर्य कर्जा निर्माण क्षेत्रममा बढी छ । त्यसले गर्दा ठेक्दारहरुको 'पेमेन्ट' भएको छैन् भनेर साथीहरुले भन्नु भएको छ ।

सरकारले रकम उठाएर ठेकेदारको रकम भुक्तानी गर्यो भने निष्कृर्य कर्जा घटाउन केही सहयोग होला । यसो भयो भने बैंकहरुको खुद मुनाफा गत वर्षकै लेभलमा हुन्छ होला ।

बैंकहरुको खुद नाफाका आधारमा लगानीकर्ताले पाउने प्रतिफल निश्चित हुन्छ । प्रतिफल खुद नाफासँगै 'लिङ्क' हुने कुरा हो । बैंकहरुको खुद नाफा बढेन भने त लाभांशमा पनि समस्या होला ।

ब्याज कम उठ्यो भने रेगुरेटरी रिजर्भमा पठाउनु पर्छ । नियामकीय रिजर्भमा पैसा पठाउनु पर्ने हुन्छ । त्यो हुँदा अहिले नै 'डिभिडेन्ट' कति हुन्छ भनेर भन्नै गाह्रो होला ।

बैंकहरुले चालु आर्थिक वर्षको रिपोर्ट निकाल्दै छन् । बैंकहरुले साउनको पहिलो साता भित्रमा वित्तीय विवरण निकाल्छन् ।

अबको एक महिना धैर्य गर्ने हो भने बैंकको खुद नाफा आउने र त्यसपछि मात्र बैंकहरुले कति लाभांश दिन सक्छन् भनेर अनुमान गर्न सक्ने सम्भावना हुन्छ ।

निष्कृर्य कर्जा कति हुन्छ । निष्कृर्य कर्जासँग प्रतिफलको कुरा लिङ्क भएकाले ठ्याक्कै यसै हुन्छ भनेर भन्न गाह्राे भयो । तर, मोटामोटी रुपमा गत वर्षको हाराहारीमा बैंकहरुले यसपाली पनि लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

बैंकका साथीहरु निष्कृर्य कर्जा बढ्छ भनेर एकदमै डराउनु भएको छ । निष्कृर्य कर्जा एकदमै बढेको अब कतिको घट्छ भनेर बैंकका साथीहरु डराउनु भएको स्थिति छ, त्यही भएर मैले बोल्न सकिन ।

सामान्यतया असार महिनामा बैंकहरुले रिकोभरीमा फोकस गर्ने गर्छन् । पहिलेको मेरो अनुभवमा असारमा 'रिकोभरी' राम्रै उठ्थ्यो ।

तर, यसपल्ट बैंकका साथीहरु रिकोभरीमा अलि समस्या छ । उनीहरुले रिकोभरी भइरहेको छैन् भनिरहेका छन्।

सरकारले पनि ठेकेदारहरुलाई दिनु पर्ने रकमहरु निकासा नभएको कारणले गर्दा निर्माण कम्पनीहरुको धेरै निष्कृर्य कर्जा भएको छ भन्नु भएको छ । बैंकका साथीहरुले पनि धेरै निष्कृर्य कर्जा भएको छ भन्नु भएको छ ।

तर, अहिले पछिल्लो समय अर्थात २-४ दिन यता बैंकका साथीहरुसँग कुरा भएको छैन् ।

असारमा त हामीले नयाँ लोन नै रोकेर काम गथ्यौं । भन्छन् नि त मानो रोपेर मुरी फलाउने भनेजस्तो फलाएर फल चाँहि काट्ने बेला हो । काट्ने बेला भएको हुनाले मानिसहरुले यसैमा बढी फोकस गर्ने बेला हो । हाम्रो पहिलाको अनुभव पनि यस्तै रह्यो ।

असारमा नयाँ कर्जा एकदम नै कम प्रवाह हुन्छ । फाट्टफुट्ट हुँदै नहुने पनि होइन, तर कम हुने समय हो ।

बैंकहरुले स्वीकृत गरेको ऋण प्रवाह पनि साउनदेखि गर्नु हुन्छ । किनभने अहिले राष्ट्र बैंकको लोन लस प्रोभिजन अर्थात कर्जा नोक्सानीको व्यवस्था १.३ प्रतिशत गर्नुपर्छ  । आजै वा असार ३२ गते नै ऋण दिँदा पनि राम्रो कर्जाको हकमा पनि न्यूनतम १.३ प्रतिशत नोक्सानीमा व्यवस्था गर्नु पर्छ ।
त्यो हिसाबले पनि ऋण प्रवाह बैंकहरुले साउनमा गर्न चाहान्छन् ।

(नेपाल बैंकर्स बैंकका पूर्वअध्यक्ष तथा सानिमा बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत दाहालसँग गरिएको कुराकानीमा आधारित)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।