अग्नी समुहले नेपाल ल्यायो महिन्द्रा स्कर्पियो एन, मूल्य ८१ लाखदेखि एक करोड २४ लाखसम्म

Jul 09, 2023 01:43 PM Merolagani

नेपाली बजारमा अग्नी समुहले महिन्द्रा स्कर्पियो एनको बिक्री सुरु गरेको छ । कम्पनीले नेपालमा सार्वजनिक गरेको एक बर्ष पछि यो गाडीको बिक्री सुरु गरेको हो ।

भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा स्कर्पियो–एनले सफलता पाएसँगै नेपालमा पनि स्कर्पियो एन भित्रिएको हो । भारतमा स्कर्पियो–एनले ३० मिनेट भन्दा कम समयमा एक लाख बुकिङ गरेर रेकर्ड कायम गरेको थियो ।

दक्षिण अफ्रिकामा पनि यसले लन्च भएदेखि नै ग्राहकहरूबाट निकै सकारात्मक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । यस अघिको स्कर्पियो भन्दा नयाँ डिजाइनमा आएको यो गाडीले नेपालमा पनि बजार डोमिनेट गर्ने अपेक्षा गरेको जनाएको छ ।

कस्तो छ स्कर्पियो एन ?

महिन्द्रा एसयूभी स्कर्पियो एन फरक डिजाइन र लुक्सका साथ नयाँ अबतारमा उपलब्ध हुने छ । रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च खालको प्रदर्शन र क्षमताहरू देखाउनेमा कम्पनी विश्वस्त छ ।

कम्पनीलाई एसयूभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको समेत जानकारी दिइएको छ । ‘ट्विन पिक’ लोगो साहित नेपाली बजारमा आएको यो गाडीले साहसिक रुपमा अघि बढेको नयाँ दिशाको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

नेपालका लागी महिन्द्रा गाडीको आधिकारीक वितरक अग्नी समुह अन्तर्गतको अग्नी इन्कर्पोरेटले ल्याएको यो इसयुभि इटालीको पिनिनफेरिना र मुम्बईस्थित महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस) मा डिजाइन गरिएको हो ।

यो गाडी हेर्दा आकर्षक मात्रै छैन, यसमा सवारी गर्नेहरुका लागि सुविधा सम्पन्न आरामदायी र सुरक्षित पनि रहेको छ । गाडीलाई सुन्दर बनाउन क्रोम ट्यालोन ग्रिल प्रयोग गरिएको छ भने सिग्नेचर डुअल ब्यारेल हेडल्याम्प दिइएको छ ।

गाडीमा ‘टल स्ट्याक्स एलईडी टेल ल्याम्प’, पार्किङका लागि रियर क्यामेरा, झ्यालममा मेटालिक सिग्नेचर टेल इलिमेन्ट, डायमन्ड कट एलोए ह्विल एलईडी प्रोजेक्टर फग ल्याम्पलगायतका बिशेषता छन् ।

इन्जिन र पावर

यो गाडीको मुख्य बिशेषता जस्तो सुकै बाटोमा पनि उच्च पावरका साथ जान सक्ने नै हो । यो गाडीको इन्जिन निकै शक्तिशाली छ । नयाँ युगको एसयूभी खोज्नेहरूका लागि यो महिन्द्र स्कर्पियो पहिलो रोजाइन बन्न सक्छ ।

अफ–रोड क्षमता र अन–रोड दबै रोडमा सहजै चलाउन सकिने भएका कारण पनि नेपालमा यो गाडीको चर्चा धेरै छ । स्कर्पियो–एन गाडी ६ स्पीड म्यानुअलको अतिरिक्त अटोमेटिक संस्करणहरूमा पनि आएको छ । टेक्नोलोजीको सिफ्टको साथ ६–स्पीड अटोमेटिक टर्क कन्भर्टरको साथ पनि आएको कम्पाीले जनाएको छ । स्कर्पिओ–एनमा २०० बीएचपी २.० लिटर पेट्रोल इन्जिन र १७५ बीएचपी २.२ लिटर डिजेल इन्जिन छ ।

जसले क्रमशः ३२० र ४०० एनएमको टर्क उत्सर्जन गर्छ । टीजीडीआई एमस्टलिअन (पेट्रोल) इन्जिनले १४९.१४ किलोवाट पावर (२०३ पीएस) र ३८० एनएम टर्क उत्सर्जन गर्छ । जीज–ज्याप र जुम गरी तीन वटा मुडमा गाडीलाई दौडाउन सकिन्छ । जसले फरक–फरक ड्राइभिङ अनुभव र सुविधा प्रदान गर्छन् ।

इन्टेरियर फिचर

महिन्द्राका अनुसार स्कर्पियो–एनको ड्यासबोर्ड निकै स्मार्ट छ । यसलाई हेर्दा आकर्षक मात्रै हैन, प्रयोगकर्ता मैत्री पनि बनाइएको छ,नयाँ युगको गाडीको ड्यासबोर्ड विमानहरुको ककपिटजस्तै इन्टेलिजेन्ट छ । यसमा मोबाइलबाटै ककपिट कन्ट्रोल गर्न सकिने ‘एड्रोनो–एक्स’ समाहित छ ।

२०.२३ सीएमको आकर्षक इन्फाटेन्मेन्ट स्क्रिन पनि छ । जीपीएस नेभिगेनस, ब्लुटुथसहितको यो सिस्टमले एन्ड्रोइड अटो, एप कारप्लेलगायत पनि सपोर्ट गर्छ ।

सुरक्षा र मुल्य

६ वटा एयरब्याग, एडभान्स ईएससी, ड्राइभर ड्रोजिनेस डिटेक्सन, एडभान्स्ड सिट रिस्ट्रेन्स, कोलेप्सिबल स्टेयरिङ र थप धेरै सुरक्षा सुविधाहरू छन् । कम्पनीले हालसम्म बुकिङ् भने खुलाउने कुनै निर्णय गरेको छैन ।

कम्पनीले हालै सार्वजनिक गरेको मूल्य सूची अनुसार यो गाडीको सुरुवाती मूल्य ८१ लाखबाट सुरुवात हुने छ । चार भेरियन्टमा नेपाल भित्रिएको यो गाडी ८१ लाख रुपैयाँबाट सुरु भएर एक करोड २४ लाख रुपैयाँसम्म मूल्य तोकिएको छ ।

comments powered by Disqus