असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्दै लक्ष्मी र सनराइज बैंक

Jul 11, 2023 01:02 PM Merolagani



लक्ष्मी बैंक (LBL) र सनराइज बैंक लिमिटेडले असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। यी दुई बैंकहरुले लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन्।

दुबै बैंकहरुको साधारण सभाबाट पारित विशेष प्रस्ताव तथा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतीपश्चात एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।

डाटा माइग्रेसन प्रयोजनार्थ असार २७ र २८ गते दुई दिनका लागि यी दुबै बैंकहरुको सम्पूर्ण शाखा कार्यालयहरु बन्द रहनुका साथै सम्पूर्ण वित्तीय सेवाहरु अवरुद्ध हुने जनाइएको छ।

लक्ष्मी बैंक र सनराइज बैंक (SRBL) दुबै १ बराबर १ अनुपातमा मर्ज भएका हुन्।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।