गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १६ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.४२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.६५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४२.४४ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७.६२ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ९७ लाख बाट घटेर ४ लाखमा झरेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १४ करोड ३ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर १३ रुपैयाँ ८३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १३.८३ प्रतिशत रहेको छ।
नाफा बढेपनि बैंकको प्रतिशेयर सामान्य आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५७ पैसा घटेर १५ रुपैयाँ ७९ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३ पैसा रहेको छ।
१ अर्ब १ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३१ करोड ७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ७.२९ प्रतिशत बढेको छ भने कर्जा लगानी १२.६४ प्रतिशत घटेको छ।