अभियान लघुवित्तको नाफामा भारी गिरावट, प्रतिशेयर आम्दानी १३ पैसामा सीमित

Aug 20, 2023 01:53 PM Merolagani



अभियान लघुवित्त(AVYAN)ले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार लघुवित्तको खुद नाफासँगै आम्दानीका सूचकहरुमा संकुचन भएको छ।

यसअवधिमा लघुवित्तको खुद नाफा ९६.२३ प्रतिशतले घटेर ३ लाख २८ हजार रुपैयाँमा खुम्चिएको छ। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफामा संकुचन आएको कारण लघुवित्तको खुद नाफामा ह्रास भएको हो।

 समीक्षा अवधिसम्ममा लघुवित्तको सञ्चालन आन्दानी ९८.०४ प्रतिशतले घटेर तीन लाख २८ हजार रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, लघुवित्तको खुद ब्याज आम्दानी ७.६० प्रतिशतले घटेको छ।

चुक्ता पूँजी २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा तीन करोड ३७ लाख रुपैयाँ सञ्चित छ। सार्वजनिक वित्तीय विवरण अनुसार लघुवित्तको वितरण योग्य नाफा एक करोड ९ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

गत आर्थिक वर्षमा लघुवित्तको निक्षेप संकलन समेत घटेको छ। यस अवधिमा २० करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थामार्फत सापटी लिएर एक अर्ब ७७ करोड २३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

लघुवित्तको नफामा गिरावट आएसँगै प्रतिशेयर आम्दानी समेत प्रभावित भएको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३ पैसामा सीमित छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ९५ पैसा कायम भएकाे छ। आइतबारको बजारमा लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ६७० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।