अरुण काबेलीको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

Aug 28, 2023 06:06 AM Merolagani



अरुण काबेली पावर कम्पनी (AKPL) ले आज (भदौ ११ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

यस अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २५ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट, अरुण काबेली पावर, हिमालयन बैंक र नबिल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ।

कम्पनीले काबेली जलविद्युत परियोजनाको निर्माण कार्य सम्पन्न गरी २०७६ असोज १६ गतेदेखि राष्ट्रिय ग्रीडमा विद्युत आपूर्ति गरिरहेको छ। कम्पनीले सोही वर्षको असोज २३ गतेदेखि व्यापारिक उत्पादन गरी नियमित विद्युत बिक्री गरिरहेको छ।

कम्पनीले हकप्रद शेयर निष्काशनबाट संकलन भएको रकममा ६५ करोड ५२ लाख रुपैयाँ काबेली बि १ जलविद्युत आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालिन ऋण आंशिक तिर्न तथा १२० करोड रुपैयाँ काबेली इनर्जी लिमिटेडले निर्माण गरि काबेली ए जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्ने योजना रहेको छ।

कम्पनीले काबेली बि १ जलविद्युत परियोजना निर्माणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ३६० करोड रुपैयाँ दीर्घकालिन ऋण प्राप्त गरेको थियो। सोमध्ये ३१० करोड रुपैयाँ कर्जा तिर्न बाँकी रहेको कम्पनीले बताएको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।