जीवन बीमा गर्नेमध्ये ५० प्रतिशतभन्दा धेरै देखिए बागमतीमा, 'सावधिक' जीवन बीमामा आकर्षक बढी

Sep 03, 2023 11:33 AM Merolagani

नेपाल भरमा जीवन बीमाको दायरा बागमती प्रदेशमा सर्वाधिक रहेको छ । सातै प्रदेश मध्ये बागमती प्रदेशमा सर्वाधिक ५० प्रतिशत भन्दा धेरै विस्तार भएको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको साउन महिनामा जीवन बीमाको दायरा बागमती प्रदेशको तुलनामा अन्य प्रदेशमा अपेक्षित रूपमा विस्तार हुन नसकेको देखिएको हो ।

प्राधिकरणले हरेक प्रदेशमा कार्यालयहरु विस्तार गरेर बीमा सचेतनाका कार्यक्रमहरु संञ्चालन गर्दै आएको छ । प्राधिकरणले बीमाको दायरा बढाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेतापनि अपेक्षित रुपमा दायरा वितार हुन नसकेको हो ।

हाल सञ्चालनमा आएका जीवन बीमा कम्पनीहरुले एक करोड ३३ लाख ८८ हजार ९८६ वटा बीमालेख जारी गरी १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको साउन महिनाको बीमा शुल्क आर्जनको आधारमा जीवन बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेशले मात्रै करिब आधा हिस्सा ओगटेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क मध्ये ५१.५५ प्रतिशत बागमतीमा रहेको छ । ९९ लाख ७२ हजार २४९ बीमालेख बिक्री गरि १० अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बीमा शुल्क बागमती प्रदेशबाट मात्रै संकलन भएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा १२.६७ प्रतिशत अर्थात दुई अर्ब ४८ करोड ४५ लाख रुपैयाँ, कोशी प्रदेशमा ११.३३ प्रतिशत अर्थात दुई अर्ब २२ करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

साथै, गण्डकी प्रदेश प्रतिशतमा एक अर्ब ८० करोड ४१ लाख रुपैयाँ, मधेशमा एक अर्ब ४९ करोड ३१ लाख रुपैयाँ र सुदरपश्चिम प्रदेशमा ९९ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधिमा कर्णाली प्रदेशमा सबै भन्दा कम बीमा शुल्क आर्जन भएको छ । समीक्षा अवधिमा कर्णाली प्रदेशमा एक लाख ६७ हजार ६४४ बीमालेखबाट ५० करोड २७ लाख रुपैयाँ मात्रै आर्जन भएको हो । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कको २.५६ प्रतिशत मात्रै हुन आउँछ ।

सावधिक जीवन बीमामा आकर्षण

जीवन बीमा कम्पनीहरुले बिक्री गर्दै आएका योजनाहरु मध्ये सावधिक जीवन बीमा योजना बीमितहरुको आकर्षण देखिएको छ । चालु आर्थिक वर्षको साउन महिनामा नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणमा त्यस्तो देखिएको हो ।

साउनमा सावधिक बीमा अन्तर्गत जीवन बीमा कम्पनीहरुले २० लाख २७ हजार ८५६ वटा बीमालेख जारी गरी ९ अर्ब २४ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कको ४७.१४ प्रतिशत रहेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा एकल बीमा शुल्क जीवन योजनामा सबैभन्दा थोरै अर्थात ०.४५ प्रतिशत आकषर्ण रहेको पाइन्छ । यस अवधिमा एकल बीमा शुल्क जीवन बीमा योजना मार्फत ३० हजार ५०३ बटा बीमा लेखबाट ८ करोड ७७ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाबाट २२.१४ प्रतिशत अर्थात चार अर्ब ३४ करोड ९ लाख रुपैयाँ, बालबच्चा सम्बन्धी सावधिक जीवन बीमा १३.१२ प्रतिशत अर्थात दुई अर्ब ५७ करोड १४ करोड रुपैयाँ, रुपान्तरित जीवन बीमा १२.११ प्रतिशत अर्थात दुई अर्ब ३७ करोड ४ लाख रुपैयाँ योगदान रहेको छ ।

साथै आजिवन जीवन बीमाको २.५५ प्रतिशत, बैदेशिक रोजगार म्यादी जीवन बीमा १.२६ प्रतिशत, लघु जीवन बीमाको ०.७० प्रतिशत र म्यादी जीवन बीमाको ०.५४ प्रतिशत योगदान रहेको छ ।

 

 

 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।