अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २८.९२ अंक घटेर १९३२.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८० अंक बढेर १९३३.२५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।
आइतबार प्रि ओपन सेसनमा १३ स्टकको ३ लाख ९३ हजार २१३ रुपैयाँबराबरको २ हजार २२६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।