प्रतिफल वितरण प्रयोजनार्थ एनआईबिएल प्रगति फण्डको बुकक्लोज मिति तय

Sep 11, 2023 09:38 AM Merolagani



एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्ड (NIBLPF) ले बुकक्लोज मिति तय गरेको छ। फण्डले असोज २ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

यस अनुसार असोज १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले, फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

फण्डले आफ्ना इकाईधनीहरुका लागि गत आर्थिक वर्षको मुनाफाबाट ६.८ प्रतिशत (करसहित) प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

फण्डको योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।