खानीखोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Sep 11, 2023 10:05 AM Merolagani



खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको बताएको छ।

विद्युत नियमन आयोगबाट सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात हकप्रद शेयर निष्काशन गर्नेछ।