एनआइसी एशिया बैंकले साढे ३० प्रतिशत लाभांश वितरण गर्ने, बोनस कति?

Sep 15, 2023 10:54 AM Merolagani



एनआइसी एशिया बैंक(NICA) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीकाे २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद गरी कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

पूँजीकोष नपुर्याउदा बैंकले विगत दुई आर्थिक वर्षदेखि लाभांश वितरण गर्न पाएको थिएन। नगद लाभांश वितरण गर्दा बैंकको पूँजीकोषमा दबाव पर्नसक्ने भएकोले उसले बोनस शेयरमा बढी जोड दिएको छ। 

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।