एनआइसी एशिया बैंकले साढे ३० प्रतिशत लाभांश वितरण गर्ने, बोनस कति?

Sep 15, 2023 10:54 AM Merolagani



एनआइसी एशिया बैंक(NICA) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीकाे २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद गरी कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

पूँजीकोष नपुर्याउदा बैंकले विगत दुई आर्थिक वर्षदेखि लाभांश वितरण गर्न पाएको थिएन। नगद लाभांश वितरण गर्दा बैंकको पूँजीकोषमा दबाव पर्नसक्ने भएकोले उसले बोनस शेयरमा बढी जोड दिएको छ। 

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।