कनेक्ट आईपीएस "रिफर अ फ्रेण्ड" अफर

Sep 15, 2023 01:03 PM Merolagani



कनेक्ट आईपीएसको "रिफर अ फ्रेण्ड" अफर अन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएस रजिष्टर हुन रिफर गर्न सक्नेछन् । उक्त अफर अन्तर्गत भाद्र १७ गते देखि मंसिर १६ गतेसम्म रिफरीले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफररले २५ रूपैयाँ र रिफरीले ५० रूपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

अफरको फाइदा लिन रिफररले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रिफरल काेड दिनुपर्ने हुन्छ । रिफरीले भने कनेक्ट आईपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रिफरल काेड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात रिफररले २५ रूपैयाँ आफ्नो बैंक खातामा र रिफरीले ५० रूपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्नेछ । रिफररले आफ्नो "रिफरल काेड" सँगै लिंक पनि शेयर गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी www.connectips.com वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछ ।

रिफरीको लिंक गरिएको खाता भेरिफाई भए पश्चात मात्र रिफरल रकम खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधि भित्र खाता भेरिफाई गराई सक्नुपर्ने हुन्छ ।

कनेक्ट आईपीएस, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फरलगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आईपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख रूपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पे क्यूआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ । कनेक्ट आईपीएस मार्फत चालु आर्थिक वर्षको जेठ मसान्त सम्म ५० सदस्य बैंक वित्तीय संस्था मार्फत ४,१२६ अर्ब रूपैयाँ बराबरको ५ करोड ५ लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्याैट भइसकेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।