मौलिक भान्छाघरले ४२ व्यञ्जन परिकारको दर खाने कार्यक्रम आयोजना गर्ने

Sep 15, 2023 03:32 PM Merolagani



वल्र्डमार्ट युनिक सोलुशन प्रालिद्धारा सञ्चालित अर्गानिक फार्म हाउस तथा मौलिक भान्छाघर र मौलिक बजारले हिन्दु नारीको महान चाड हरितालिका तीजको अवसरमा भदौ ३० र ३१ गते ४२ व्यञ्जन परिकारको दर खुवाउने र ४२ व्यञ्जन परिकार मेला निरन्तर आयोजना गर्ने भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नंं १०, गैह्रिधारा, आकाशधारा, कपन, काठमाडौंमा दिउँसाे १ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म कार्यक्रम हुने भएकाे हाे । 

मौलिक भान्छाघरले तीजको दर खाने अवसरलाई लक्षित गरी विशेष छुट सहित चाहे जति मात्रामा ४२ व्यञ्जन खाने गरी स्टल बुफे थाली प्याकेज पनि ल्याएको छ । मौलिक भान्छाघरले ४२ परिकारको बुफे/थाली प्रति व्यक्ति एक हजार ९९९ रूपैयाँको मात्र ९९९, बुफे प्रति जोडी २ हजार ९९९ को एक हजार ९९९, कम्बो बुफे ४ जना ३ हजार ९९९ को २ हजार ९९९ र कम्बो बुफे ५ जना भन्दा माथिको लागि प्रति थाली ९९९ को अब मात्र ७०० सयमा उपलब्ध गराएको छ । भदौ अन्तिम साता अर्थात हरितालिका तिजबाट सुरु गरेर यो प्याकेज १ वर्षसम्म हरेक हप्ताको शुक्रबार र शनिबार नियमति रुपले सञ्चालन गर्न लागेको छ । 

देशभरि उत्पादन भएका स्थानीय मौलिक उत्पादन ७५३ पालिकाबाट संकलन गरी प्याकेजिङ, ब्रान्डिङ समेत गरी सुपथ मुल्यमा खरिद बिक्री व्यवस्थापन गर्दे आएको मौलिक बजारले अब प्रत्येक पालिका र कृषक हाटबजार सहभागीतामा उत्पादन मेला (स्टल) हाटबजारमा सहभागी हुनका लागी आव्हान गरेको छ । साथै ८४ व्यञ्जन मध्ये ४२ व्यञ्जनको थाली सहित सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको छ । देशभर ७५३ पालिका मध्येबाट उपलब्ध संकलित उत्पादन भान्साघरमा पकाएर खाने/खुवाउने र पालिकाले स्टल राखी खरिद तथा विक्री वितरण समेत गरिने सप्ताहन्त कार्यक्रमको मूल लक्ष्य रहेकाे बताइएकाे छ । 

२०८० भदौ २८ गतेदेखि ३१ गतेसम्म तीज (दर) विशेष कार्यक्रम सञ्चालन गरिने छ । सो कार्यक्रममा उल्लिखित

  • ४२ परिकारको दरको चाहेजति मात्रामा खाने गरी स्टल राखिने छ ।
  •  विशेष छुटमा दरको ४२ व्यञ्जन उपलब्ध गराइने छ ।
  •  विशेष छुटमा मौलिक उत्पादन खरिद बिक्री गरिनेछ ।
  •  स्थानीय पालिकालाई मौलिक उत्पादन तथा विभिन्न जातजाति विशेष रैथाने खाना प्रवद्र्धनका लागि स्थान उपलब्ध गराउनेछ ।
  •  होममस्टे सहित आफैंले खाना पकाएर खान चाहेमा पनि सोको समेत व्यवस्था रहेको छ ।

मौलिक भान्छाघरले हरितालिका तीजको अवसरबाट सुभारम्भ गरी १ वर्षसम्म हरेक हप्ताको शुक्रबार र शनिबार मौलिक उत्पादन र ८४ व्यञ्जन खानपिन मेला २०८० आयोजना गरिरहेकाे छ । 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।