नाडा अटो शोकै सबैभन्दा महँगो इभि गाडी मिफा ९, मुल्य झन्डै डेढ करोड

Sep 16, 2023 10:56 AM Merolagani

हाल काठमाडौंमा जारी नाडा अटोशोमा १३ लाखदेखि साढे एक करोड हाराहारी मूल्य पर्ने इभि राखिएका छन । ती मध्य साना र कम मूल्यका इभिमा उपभोक्ताले धेरै चासो देखाएका छन ।

नेटा जीटी,बीवाइडी सिल लगाएतका गाडी एक करोड माथि पर्ने गाडी हुन ।तर,नेटा जीटी भने चौधरी समुहले विक्री नगर्ने बताएको छ । यीनै महङ्गा गाडीहरुको भीडमा देखिएको एउटा लग्जरी गाडी हो मिफा ९ इभि ।

मेक्सस ब्रान्डको नेपालका लागि आधिकारीक वितरक पारामाउन्ट मोटर्सले यो गाडी नेपाल ल्याएको हो । मिफा–९ लग्जरी इलेक्ट्रीक एमपीभी खोज्नेहरुको लागि एक उत्कृष्ट विकल्प हो ।

 

#C73कस्तो छ मिफा ९ ?

मेक्सस ब्रान्डको मिफा बोल्ड डिजाइनमा नाडा अटोशोमा देखिएको छ ।मिफा–९ को लम्बाई ५.३ मिटर र चौडाई २ मिटर रहेको यो गाडीमा एमपीभीमा फ्रन्टमा कभर्ड ग्रिल दिइएको छ ।

मिफा ९ एमपीभीमा ७ सिट रहको छ । प्रिमियम सेग्मेन्टको यो गाडीको इन्टेरियरमा सफ्टटच लेदरेट मेटेरियलको प्रयोग गरिएको छ । यसका स्लाइडिङ डोर र टेलगेट लगाएतका सबै फङसनहरू इलेक्ट्रीकल्ली एड्जस्टेवलमा आधारित छ ।

मिफा ९ मा ९० किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । यसमा रहेको मोटरले २४५ ब्रेकहर्स पावर र ३५० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । मिफा ९ मा दिइएको व्याट्रीले सिंगल चार्जमा ४४० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ ।

ड्यासबोर्डमा एप्पल कार प्ले र एड्रोइड अटो फिचरसहितको १२.३ इन्चको टचस्कृन डिस्प्ले छ । ड्राइभर इन्फर्मेसनका लागि ७ इन्चको डिजिटल डिस्प्ले छ । मिफा ९ मा अगाडी दुई सिट,दोस्रो रोमा पनि दुई सिट र तेस्रो रोमा ३ सिट दिइएको छ । २ वटा सिट भने इलेक्ट्रीकल्ली सबै दिशामा घुमाउन सकिन्छ ।

सिटको कन्ट्रोलका लागि आर्मरेस्ट बाहिर स्मार्टफोन साइजको टचस्कृन डिस्प्ले दिइएको छ । सिटम ट्रे टेबल,मल्टीपल चार्जिङ पोर्ट,मल्टी एड्जस्टेबल सिट,डिजिटल रियर भ्यू मिरर, कुल्डहिटेड सिट पाउन सकिन्छ ।

त्यस्तै यो गाडीमा लेन चेन्ज असिस्ट,३६० डिग्री पार्किङ क्यामरा,एडाप्टीभ लीड लाइट,एलइडी हेडलाइट र अटोनोमस ब्रेकिङ सिस्टम लगाएतका सिस्टमा यो गाडीमा छ । नेपालमा यो गाडीको मुल्य एक करोड ४० लाख तोकिएको छ ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।