बैंकहरुले प्रकाशित गरे असोज महिनाको लागि ब्याजदर, बढ्यो कि घट्यो?

Sep 17, 2023 08:08 AM Merolagani



वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार केही बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने केही बैंकहरुले घटाएका छन्।

हालसम्म प्रकाशित १७ वाणिज्य बैंकहरुको ब्याजदर अनुसार ७ बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने ६ बैंकहरुले घटाएका छन्। बाँकी ४ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

असोज महिनाका लागि हिमालयन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टेमन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन्। सबैभन्दा बढी ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक रहेको छ भने दोस्रोमा एभरेष्ट बैंक रहेको छ। यी दुई बैंकले क्रमशः १.०६४ र १.०५४ प्रतिशतविन्दु ब्याजदर बढाएका छन्। यी दुबै बैंकहरुको अधिकतम ब्याजदर ११.०५४ प्रतिशत रहेको छ।

प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् अर्थात यी ४ बैंकहरुले ब्याजदरमा कुनै परिर्वतन गरेका छैनन्।

यता ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन्। जसमध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशतविन्दु ब्याज घटाएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।