प्रि ओपन सेसन अपडेटः करिब ३ अंक बढ्यो नेप्से

Sep 17, 2023 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ३९.४८ अंक बढेर २००७.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.९२ अंक बढेर २००९.९८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

आइतबार प्रि ओपन सेसनमा ३५ स्टकको १०१ पटकको कारोबारमा ६३ लाख १४ हजार ३९२ रुपैयाँ ९० पैसा बराबरको १२ हजार ८२८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १० स्टकको मूल्य सो सेसनमा बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।