स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो रिलायबल नेपाल लाइफको पहिलो कारोबार?

Sep 17, 2023 11:00 AM Merolagani



भदौ ३१ गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स (RNLI) को पहिलो कारोबार भएको छ।

यस दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसामा पहिलो कारोबार भएको हो। इन्स्योरेन्सको शेयर गत बुधबार नेप्सेमा सूचीकृत भएको थियो। पहिलो कारोबारको लागि नेप्सेले इन्स्योरेन्सलाई १६२ रुपेयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन इन्स्योरेन्सको पहिलो कारोबार भएको हो।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।