स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो रिलायबल नेपाल लाइफको पहिलो कारोबार?

Sep 17, 2023 11:00 AM Merolagani



भदौ ३१ गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स (RNLI) को पहिलो कारोबार भएको छ।

यस दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसामा पहिलो कारोबार भएको हो। इन्स्योरेन्सको शेयर गत बुधबार नेप्सेमा सूचीकृत भएको थियो। पहिलो कारोबारको लागि नेप्सेले इन्स्योरेन्सलाई १६२ रुपेयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन इन्स्योरेन्सको पहिलो कारोबार भएको हो।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।