सानिमा इक्विटी फण्डको बुकक्लोज मिति तय

Sep 17, 2023 12:00 PM Merolagani



सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड (SAEF) ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ।

फण्डले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

फण्डले आफ्ना इकाईधनीहरुलाई कर सहित १८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो।

फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक सानिमा बैंक लिमिटेड रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।