साउनमा २५ प्रतिशतले बढ्यो रेमिट्यान्स, पहिलो महिना नै १ खर्ब १६ अर्ब भित्रियो

Sep 17, 2023 04:39 PM Merolagani



चालु आर्थिक वर्षको साउन महिनामा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको एक महिनाको तथ्याँक अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्ष रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो।

साउन एक महिनामा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले घटेर ३९ हजार १५२ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले घटेर १६ हजार ४२३ कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो

समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।