२०० रुपैयाँमा नै आयो तामाकोशीको शेयर

Sep 18, 2023 12:32 PM Merolagani

माथिल्लो तामाकोशीको शेयर मूल्य २०० रुपैयाँमा नै आइपुगेको छ । ९०४ रुपैयाँसम्म पुगेको माथिल्लो तामाकोशीको शेयर २०० रुपैयाँमा आइपुगेको हो ।

यो बीचमा तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गरेको छ । हकप्रद शेयरका लागि यही असोज ७ गतेसम्म भर्न पाइने छ । कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

हकप्रदका लागि ३८६ रुपैयाँ १० पैसामा तामाकोशीको शेयर बुक क्लोज भएको थियो । शेयर मूल्य समायोजनपछि २४३.०५ रुपैयाँ भएको थियो । तर, अहिले तामाकोशीको शेयर प्रतिकित्ता २०० रुपैयाँ नजिक आइपुगेको छ ।

स्वदेशी लगानीमा दोलखामा निर्माण भएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वित्तीय संस्थाबाट लिएको ऋण तिर्न र २०.६६ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणका लागि हकप्रद शेयर जारी गरेको हो । अहिले माथिल्लो तामाकोशी आयोजनाले दोहोर अंकमा ऋणको ब्याज तिर्दै आएको छ । त्यसरी उच्च ब्याजदरमा लिएको ऋण हकप्रद शेयर जारी गरेर तिरेपछि लगानीकर्तालाई विस्तारै लाभांश वाँडने योजना बनाएको छ ।

आयोजना निर्माण गर्दा साँवा र ब्याज समेत गरेर आयोजनाको लागत करिव ८० अर्ब पुगेको छ । सुरुको ३५ अर्बको लागत बढेर ८० अर्ब पुगेपछि ऋण कसरी घटाउने भन्ने योजना सञ्चालक समितिले बनाउँदै आएको थियो । त्यसका लागि हकप्रद जारी गर्नु सबैभन्दा उपयुक्त हुने उनीहरुले ठहर गरेका थिए । त्यही अनुसार माथिल्लो तामाकोशी आयोजनाले हकप्रद शेयर जारी गरेको हो ।

आयोजना सञ्चालनमा आएको केही वर्ष भएकाले पनि बिजुली बिक्री गरेर राम्रो आम्दानी गर्न थालेको छ । आयोजनाले केही वर्षभित्र ब्याज, ऋण भुक्तानी गरेपछि लगानीकर्तालाई लाभांश वितरण गर्न थाल्ने छ । लगानीकर्ताले लाभांश पाउन धेरै लामो समय कुर्नु नपर्ने आयोजनाको दावी छ ।

आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २ र २ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैया नेपाल सरकारले ऋण लगानी गरेका छन् ।

कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा सर्वसाधारणको १५ प्रतिशत, दोलखाबासीको १० प्रतिशत, संचय कोषका संचयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर छ ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।