सनराइज फर्स्ट म्युचुअल फण्डको बुकक्लोज मिति तय

Sep 20, 2023 08:24 AM Merolagani



सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड (SFMF) ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ।

फण्डले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

फण्डले आफ्ना इकाईधनीहरुका लागि करसहित १६ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गर्ने घोषणा गरेको थियो।

यस फण्डको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।