बुधबार सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

Sep 20, 2023 12:36 PM Merolagani



सुनचाँदीको मूल्यमा गिरावट भएको छ । असोज ३ गते, बुधबार सुन तोलामा २०० रुपैयाँले घटेको हो । चाँदीको मूल्य पनि यस दिन पाँच रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ८०० रुपैयाँमा रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य वृद्धि भएको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख १३ हजार रुपैयाँ पुगेको थियो ।

बुधबार चाँदीको भाउ ओरालो लागेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले महंगिदा प्रतितोला एक हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।