बुधबार सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

Sep 20, 2023 12:36 PM Merolagani



सुनचाँदीको मूल्यमा गिरावट भएको छ । असोज ३ गते, बुधबार सुन तोलामा २०० रुपैयाँले घटेको हो । चाँदीको मूल्य पनि यस दिन पाँच रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ८०० रुपैयाँमा रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य वृद्धि भएको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख १३ हजार रुपैयाँ पुगेको थियो ।

बुधबार चाँदीको भाउ ओरालो लागेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले महंगिदा प्रतितोला एक हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।