थप इकाई जारी गर्न दुई खुलामुखी योजनाहरुलाई बोर्डको अनुमति

Sep 21, 2023 09:06 AM Merolagani



नेपाल धितोपत्र बोर्डले दुई खुलामुखी योजनाहरुलाई थप इकाई जारी गर्न अनुमति दिएको छ। बोर्डले एनआईबिएल सहभागिता फण्ड र सिद्धार्थ सिस्टमेटिक इन्भेष्टेमन्ट स्किमलाई थप इकाई जारी गर्न अनुमति दिएको हो।

एनआईबिएल सहभागिता फण्ड (NIBLSF) ले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्ने अनुमति पाएको हो। फण्डको योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै, सिद्धार्थ सिन्टमेटिक इन्भेष्टमेन्ट स्किम (SSIS) ले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई निष्काशन गर्न छ। स्किमको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।