प्रि ओपन सेसन अपडेटः ३ अंक बढ्यो नेप्से

Sep 21, 2023 10:54 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १६.२४ अंक बढेर १९८५.४३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.२६ अंक बढेर १९८८.७० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७३ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३८ स्टकको १२ लाख ३३ हजार ९५९ रुपैयाँ ४० पैसाबराबरको ५ हजार ६८९ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २७ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ५ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।