दावा टेक्नोलोजीले सम्पन्न गर्यो ‘डिलर्स मिट २०२३’

Sep 22, 2023 05:21 PM Merolagani



दावा टेक्नोलोजिले नेपाल अधिराज्यभरका ‘डिलर मिट’ सम्पन्न गरेको छ । चिनियाँ ब्राण्ड दावाले नेपालको आधिकारिक बिक्रेता एचएमसी नेपालको आयोजनामा एक कार्यक्रम गर्दै डिलर मिट सम्पन्न गरेको हो ।

डिलर मिटका क्रममा वर्षभरी दावा टेक्नोलोजिको सामाग्री धेरै बेच्ने १२ डिलरलाई सम्मान सहित ५ लाख बराबरको हेल्थ इन्स्योरेन्स प्रदान गरिएको छ । कार्यक्रमको प्रमुख अतितीमा एआईजी किरण बज्राचार्य थिए । यस्तै, दावा टेक्नोलोजिका चिनियाँ डेलिगेट्सहरु समेत उपस्थिती थिए ।

आधिकारिक बिक्रेता एचएमसीका सन्तोस कुमार श्रेष्ठले दावा टेक्नोलोजिका कारण नेपालमा असुरक्षाको जोखिम न्यूनीकरण हुँदै गएको बताए । उनले चिनियाँ कम्पनी दावा टेक्नोलोजिबाट उत्पादित सीसी क्यामेराका कारण समाजमा शान्ति र अमनचयन कायम गर्न सहयोगी भूमिका खेलेको बताए ।

यस्तै, एआईजी किरण बज्रचार्यले सीसी क्यामेराका कारण समाजमा सुरक्षा र शान्ति कायम गर्न सहज भएको बताए । उनले देशमा भइरहेका प्रमुख अपराधिक घटनामा सीसी टीभी फुटेजका कारण अनुसन्धान गर्न र उनीहरुलाई नियन्त्रणमा लिन सहज भएको समेत बताए ।

देशभरका डिलहरु सहभागी ‘डिलर मिट २०२३’ मा चीनबाट दावा टेक्नोलोजिका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेम्स युले नेपालमा सीसी क्यामेराको बजार बढ्दो अवस्थामा रहेको बताए । उनले भने, ‘चीन र भारतबीचमा रहेको नेपालमा आर्थिक गतिविधि बढ्दै जाँदा सीसी टीभीको माग समेत बढ्दै गइरहेको छ ।’ कार्यक्रमको ब्यवस्थापन रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको थियो ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।