अप्पर लोहोरे खोलाको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

Sep 24, 2023 11:58 AM Merolagani



असोज ७ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अप्पर लोहोरे खोला हाइड्रोपावर (ULHC) को शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ५० लाख ९८ हजार ४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुका लागि सहित सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको २४ लाख ९८ हजार ४० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख कित्ता गरी कुल ५० लाख ९८ हजार ४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। अर्थात सोमबारदेखि नेप्सेमा कम्पनीको शेयर कारोबार गर्न सकिनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जका आधारमा सोमबार कम्पनीको शेयर कारोबार खुल्नेछ। कम्पनीको शेयर यूएलएचसी टिकरमा कारोबार हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।