नेपाल पुनर्बीमाको बोनस नेप्सेमा सूचीकृत

Oct 04, 2023 12:59 PM Merolagani



असोज १७ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (NRIC) को बोनस शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सोही शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुकक्लोज गरेको थियो। कम्पनीले असोज ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुलाई सो दरमा बोनस शेयर वितरण गरेको थियो।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।