सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट, ८ जनाले पाए ११ कित्ताका दरले शेयर

Oct 11, 2023 10:37 AM Merolagani



असोज २४ गते, बुधबार, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा १ करोड ३ लाख २१ हजार ३२८ कित्ता (कर्मचारीमा बाँडफाँट नभएको शेयर सहित) शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल ११ लाख ४६ हजार ६६१ लगानीकर्ताले १ करोड ५१ लाख ५९ हजार ९२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १० लाख ४० हजार ७७० आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १० लाख ३२ हजार १३२ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। त्यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता शेयर पनि सोही लगानीकर्ताहरुमा नै वितरण गरिएको छ। अर्थात १० लाख ३२ हजार १३२ आवेदकमध्ये ८ जनाले कम्पनीको थप एक कित्ता शेयर प्राप्त गरेका छन्।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।