दशैंअघि साढे १ प्रतिशत बढेर बन्द भएको नेप्से, यस साता के होला?

Oct 29, 2023 06:34 AM Merolagani



दशैँ अघि नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता १८७४.६० विन्दुमा बन्द भएको नेप्से, सो साता १.५६ प्रतिशत अर्थात २९.२४ अंक बढेर १९०३.८४ विन्दुमा पुगेको हो।

सो साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ करोबार दिन घटेको थियो। सो साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको थियो।

 

‘पर्ख र हेर’ को अवस्था

दशैं अघि लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा देखिएका थिए। सो साता बजार बढेपनि खासै बलियो बुलिश क्यान्डल भने बनाउन सकेन। साप्ताहिक रुपमा बुलिश मैनबत्ती बनाएपनि साताको अन्तिम कारोबार दिन भने नेप्सेले बियरिश मैनबत्ती बनाएको थियो।

टेवा र प्रतिरोध क्षेत्र

यस साताको लागि नेप्सेको प्रतिरोध क्षेत्र १९५० देखि १९८० सम्म रहेको छ। त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा भने १८१० देखि १८४० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

कमजोर भोल्यूम

दशैं अघिको अन्तिम साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ४ करोडको शेयर कारोबार भएको थियो। दशैं अघिको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २८.७६ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

दशैं अघि नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। यसले बजार बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, दशैं अघिको अन्तिम कारोबार दिन एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी घट्न थालेको छ। आगामी कारोबार दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ जसले बजार बढ्ने संकेत गर्नेछ।

बिक्रीचाप बढी

दशैं अघिको अन्तिम साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।