आजदेखि सुरु हुँदै आईसीसी टी २० विश्वकप फाइनल एशिया छनोट खेल, पहिलो खेलमा सिंगापुरसँग भिड्दै नेपाल

Oct 30, 2023 06:34 AM Merolagani



आज अर्थात कात्तिक १३ गतेदेखि आईसीसी टी २० विश्वकप फाइनल एशिया खेल सुरु हुँदैछ। एशिया क्षेत्रको यस छनोट खेलमा नेपाल सहित आठ राष्ट्रहरुको सहभागिता रहनेछ। यी खेलहरु त्रिवि क्रिकेट ग्राउण्ड र मुलपानी ग्राउण्डमा हुनेछन्।

सहभागि राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको छ। पहिलो समूहमा नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेका छन् भने दोस्रो समूहमा यूएई, बहराइन, हङकङ चाइना र कुवेत रहेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार आज ४ खेल हुनेछन्। बिहान ९ बजे शुरु हुने खेलमा नेपालले सिंगापुरको सामना गर्नेछ भने यूएईले बहराइनको सामना गर्नेछ।

त्यसैगरी, दिउसो सवा १ बजे ओमान विरुद्ध मलेसिया र हङकङ विरुद्ध कुवेतको खेल हुनेछ। त्रिवि क्रिकेट ग्राउण्डमा नेपाल–सिंगापुर र ओमान–मलेसिया बीचको खेल हुनेछ भने बाँकी दुई खेल मुलपानी ग्राउण्डमा हुनेछ।

समूहचरणको अन्य दुई खेलमा नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ।

समूहचरणमा जितेका दुई–दुई टीमहरु बीच कात्तिक १७ गते दुईवटा सेमिफाइनल खेल हुनेछ। सो सेमिफाइनल खेलका विजेताहरुले कात्तिक १९ गते आइतबार फाइनल खेल खेल्नेछन्।

फाइनलमा पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकप खेल्न पाउनेछन्।

यस प्रतियोगितामा नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिनेछ। नेपालको टोलीमा कुशल भुर्टेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्र ऐरे, सन्दिप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतिश जीसी, विवेक यादव, सन्दिप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन्।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।